काठमाडौं, १ पुस । धान दिसवका अवसरमा आयोजित रोपाइँ मेलामा महिलाहरुमाथि दुर्ब्यबहार गरेको आरोपमा मन्त्री पद गुमाएका पूर्व कृषिमन्त्री हरि पराजुली अख्तियारको फन्दामा परेका छन् ।पराजुलीले अफ्नो पदीय दुरुपयोग गरी दुग्ध विकास संस्थानको खर्चमा छोरलाई अष्ट्रेलिया पठाएको पाईएपछि अख्तियारले पराजुलीबाट संस्थानलाई परेको व्ययभार बराबरको रकम असुलउपर गरेको जनाएको छ ।पराजुलीले आफ्ना छोरालाई अष्ट्रेलिया पठाउँदा संस्थानलाई दुई लाख ६० हजार व्ययभार परेको अख्तियार विज्ञप्तिमा उल्लेख छ ।

फाइल फोटो
फाइल फोटो

यस्तो छ, अख्तियारको विज्ञप्ति:

असुल उपर गरिएको सम्बन्धमा ।

कृषि विकास मन्त्री हरी प्रसाद पराजुलीले पदको दुरुपयोग गरी आफ्नो छोरा गिर्वाण विक्रम पराजुलीलाई गैह्रकानूनी तरिकाले अष्ट्रेलिया भ्रमणमा पठाएको भन्ने विभिन्न समाचार माध्यममा प्रकाशित/प्रसारित समाचार एवं आयोगमा पर्न आएको उजुरी सम्बन्धमा अनुसन्धान गर्दा तत्कालिन कृषि विकाश मन्त्री हरी प्रसाद पराजुलीले आफै मन्त्रीस्तरीय निर्णय गरी बनकटवा दुग्ध उत्पादक सहकारी संस्था लि., बांकेमा शेयर सदस्य रहेका आफ्ना छोरा गिर्वाण विक्रम पराजुलीलाई दुग्ध विकास संस्थानको खर्चमा मिति २०७२/३/२९ देखी २०७२/४/४ सम्म अध्ययन भ्रमण टोलीमा सहभागी गराई अष्ट्रेलिया भ्रमणमा पठाएको पाईएको र निजको उक्त भ्रमणबाट दुग्ध विकास संस्थानलाई २,६०,०००।- (अक्षरुपी दुई लाख साठी हजार) आर्थिक व्ययभार पर्न गएको पाईयो ।


उक्त विषयमा आयोगको छानविनका क्रममा निज गिर्वाण विक्रम पराजुलीलाई संस्थानबाट उपलव्ध गराएको रकम २,६०,०००।- तत्कालिन कृषि विकाश मन्त्री श्री हरी प्रसाद पराजुलीले मिति २०७२/८/२८ गते दुग्ध विकास संस्थानको हिमालयन बैङ्क लि. मा रहेको खातामा जम्मा गरेको हुंदा गैह्रकानूनी तवरबाट दुग्ध विकास संस्थानलाई थप आर्थिक दायीत्व पर्ने गरि खर्च भएको रकम असुल उपर गरिएको व्यहोरा जानकारी गराईन्छ ।

तपाईको प्रतिक्रिया