lumbini expo१ पुस बुटवल । रुपन्देही व्यापार संघले बुटवलमा आयोजना गरेको लुम्बिनी एक्स्पो, अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्यद्धार अर्थात् गेट मायादेवी मन्दिरको प्रारुपमा तयार गरिएको छ । पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह गर्ने उद्देश्यले मेलाको मुख्यद्धारमा मायादेवी मन्दिरको झल्को दिइएको आयोजकले जनाएका छन् ।

मायादेवी मन्दिरको दर्शनका लागि स्वदेश–विदेशबाट हजारौं पर्यटकहरु भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने गर्दछन् । मुख्यद्धार निकै आकर्षक ढंगले तयार गरिएको निर्माण उप–समिति संयोजक पदम प्रसाद श्रेष्ठले जानकारी दिए । मुख्यद्धारमा सजावटको काम गरिदैछ ।यही पुस ८ देखि २१ गतेसम्म बुटवल मण्डपमा हुने लुम्बिनी एक्स्पोको तयारी तीव्र पारिएको छ । मेलामा झण्डै ४० करोडको कारोबार हुने अपेक्षा राखिएको रुपन्देही व्यापार संघका कोषाध्यक्ष कृष्ण प्रसाद घिमिरेले जानकारी दिए । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउ“सम्म व्यापार बिस्तार’ भन्ने नाराका साथ मेला आयोजना गरिएको हो ।

मेलामा स्टल निर्माण अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् । स्टल निर्माणपछि सजावटको काम सुरु हुनेछ । यस पटक प्रत्येक पेभेलियनका लागि छुट्टा–छुट्टै गेटको व्यवस्था मिलाइएको छ ।यसैबीच मेलाका लागि विभिन्न प्रायोजकहरुको टुंगो लगाइएको छ । मेलाको मुख्य प्रायोजक त्रिमुर्ति ईण्डष्ट्रिज (करेन्ट मसला) रहेको छ । यस्तै सह–प्रायोजक तथा डान्स आइडियल एवं लोक दोहोरी प्रायोजक भुसाल ट्रेक्टर सप्लायर्स (न्यू होल्याण्ड ट्रेक्टर) रहेको विज्ञापन उप–समिति संयोजक सुरज पाण्डेले जानकारी दिए ।

यसैगरी मेलाको प्रायोजकमा टाइगर ब्रुअरी (टेन्सवर्ग वियर) रहेको छ । टिकट प्रायोजक दुगड स्याईसिस एण्ड फुड्स प्रोडक्ट (सेञ्चुरी मसला), अफिसियल बैंकमा सनराइज बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड रहेका छन् ।यसैगरी लोक गीत प्रायोजक पाठक सिमेन्ट उद्योग रहेको मेला सचिवालयले जनाएको छ । मेलालाई सिसिटिभी क्यामेराको निगरानीमा राखिनेछ भने निःशुल्क इन्टरनेटको व्यवस्था मिलाइएको प्रचार संयोजक वैकुण्ठ कोइरालाले जानकारी दिए ।लुम्बिनिटाइम्सबाट

 

तपाईको प्रतिक्रिया