philippines_typhoon1

मनिला । फिलिपिन्समा शक्तिशाली आँधीका कारण बुधबार मृत्यु हुनेको सङ्ख्या ११ पुगेको समाचार मा जनाइएको छ । बुधबारसम्म पनि त्यहाँ बाढीको प्रकोप कायमै रहेको जनाइएको छ ।

यसअघि गएको तीन दिनदेखि त्यहाँ हावाहुरी र बाढीको प्रकोप थियो । सो क्षेत्रमा आँधी आउने खतरा बढेको भन्दै अधिकरीहरुले उद्वारकर्मीहरुलाई निकै सतर्क बनाएका थिए । प्राप्त पछिल्लो समाचारअनुसार बुधबारसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको र अरु केही हराइरहेका जनाइएको छ ।मङ्गलबार राति राजधानी मनिलामा नै ठूलो बाढी आएको थियो । सो बाढीका कारण राजधानीको अवस्था नै अस्तव्यस्त भएको देखिएको छ ।तर मङ्गलबारको आँधीले भने सो क्षेत्रबाट दशौँ लाख व्यक्ति भागेका छन् । उनीहरू घर छोडेर भागेका र स्थानीयवासीहरूमा त्रास उत्पन्न भएको बताइएको छ ।

मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । तीन दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आँधीको खतरा पनि बढेको समाचारमा जनाइएको छ ।अधिकारीहरुले भारी वर्षाका कारण बाढीको प्रकोप बढेको जनाएका छन् । आँधीको सम्भावना भने कम रहेको समाचारमा जनाइएको छ ।मेलर नामको सो आँधीका कारण मध्य फिलिपिन्सको सामार टापु नजिकका लाखौँलाख बासिन्दालाई अन्यत्रै सारिएको छ ।समार भनेको सन् २०१३ मा आँधीका कारण ठूलो जनधनको क्षति पुगेको क्षेत्र नजिकमा पर्दछ सो समारमा मात्र त्यस वर्ष आएको आँधीबाट सात हजारभन्दा बढी नै व्यक्ति मारिएका वा हराएका थिए ।

 

तपाईको प्रतिक्रिया