kidnappedइराक, २ पुस । एक जना अज्ञात बन्दुकधारीले कम्तिमा २६ जना कतारी शिकारीलाई अपहरण गरेको प्राप्त समाचारमा जनाइएको छ । समावाह प्रान्तीय परिषद्का सदस्य अहमद मान्फीले एसोसिएटेड प्रेस (एपी) लाई दिएको जानकारी अनुसार बुधबार बिहानै मरुभूमि क्षेत्रको विकट इलाकामा शिकारीहरुको शिविरमा छापामारी उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।समातिएका मानिसहरुको एकिन सङ्ख्या थाहा हुन नसके पनि १९ देखि २६ जना कतारी नागरिक अपहरणमा परेको मान्फीले बताउनुभयो ।अपहृत भएकामध्ये दुई जना इराकी गुप्तचर अधिकारी पनि भएको तर उनीहरु पछि रिहा भएको मान्फीले जानकारी दिनुभयो ।समावाह युफ्रेट्स नदीको किनारमा अवस्थित इराकको राजधानी बग्दादबाट ३७० किलोमिटर दक्षिणपूर्वमा पर्ने इलाका हो ।

 

तपाईको प्रतिक्रिया