NABADASH nude watching

पुष २ एजेन्सी। भारतको ओडिशामा बसेको विधानसभा बैठकमा कांग्रेसका एक सभासद रंगेहात समातिएका छन् । घटनाको खुलासा गर्दै भारतीय न्यूज च्यानल आजतकले लेखेको छ,‘संसदमा सभासदहरुबीच प्रश्नउत्तर चलिरहेका बेला कांग्रेस विधायक नाबा दास आफ्नो स्मार्टफोनमा पोर्न फिल्म हेरिरहेका थिए ।’ उनको हर्कत सार्वजनिक भएपछि सत्ताधारी दल बीजेपीले उनीविरुद्ध कारवाहीको माग गरेको छ ।

बीजेपीकी वरिष्ठ नेता तथा महिला मोर्चा अध्यक्ष प्रमिला मलिकले शर्मनाक काम भएको भन्दै तत्काल कारवाही गर्न विधानसभाका अध्यक्षसँग माग गरेकी हुन् । कांग्रेसका महासचिव सुलोचना दासले यो घटना हुनु निकै लज्जास्पद भएको बताउँदै छानविन गरि दोषी पाइए कारवाही अगाडि बढाउन आग्रह गरे । रंगेहात समातिएका सभासद दासले आफूले अञ्जानमा पोर्न भिडियो हेरेको तर, जानीजानी नभएको दाबी गरे । उनले यो घटना आफूविरुद्धको षडयन्त्र भएको दाबी गरे । झारसुगुड़ा क्षेत्रबाट दास दोस्रो पटक सांसदमा निर्वाचित भएका थिए ।

 

तपाईको प्रतिक्रिया