fire on houseइटहरी, २ पुष ।(फाइल फोटो) इटहरी उपमहानगरपालिका ४ स्थित पारुहाङ चोकमा राती बिजुलीको मिटर बक्सबाट बिद्युत सर्ट भएर आगलागी हुँदा हिल्टन फर्निचर उद्योग र सो उद्योगसँगै रहेको अर्को पारुहाङ्ग गृह उद्योगमा तीन लाखभन्दा बढिको नोक्सानी भएको छ । फर्निचर र गृल उद्योगमा अकस्मात भएको आगलागीबाट फर्निचर उद्योगका तयारी काठका दराज पलङ्ग र फर्निचर बनाउने औजारहरु नष्ट भएको बताईएको छ ।

त्यसैगरी सो उद्योगको मेशिनरी सामानहरुमा पनि नेक्सानी पुगेको उद्योग सञ्चालक धनबहादुर राईले बिबरण दिनुभएको छ ।यसैगरी फर्निचर उद्योगसँगै जोडिएको गृल उद्योगमा पनि तौल नाप्ने उपकरण लगायतको सामग्रीहरु जलेर नष्ट भएको तथा उद्योगका अन्य कच्चा पद्धार्थमा समेत नोक्सानी पुगेको उद्योगका सञ्चालक सन्तोष सुनवारले जानकारी दिनुभयो ।

बन्द गरेर सञ्चालकहरु घर हिडेको अवस्थामा भएको आगलागीलाई उपमहानगरपालिकाको बारुणयन्त्र स्थानीयवासी र प्रहरी समेतको सक्रियतामा डेढघण्टापछि पूर्ण नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय इटहरीले बताएको छ । आगलागी फैलिन नपाएका कारण अरु ठूलो नोक्सानी हुन नपाएको बतांईएको छ । आगो शहरको बीचभागमा लागेको थियो ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया