Akabare-khursani1पाँचथर, २ पुस – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा अकबरे खुर्सानी उत्पादनमा आठ प्रतिशतले वृद्धि भएको छ ।गत वर्ष ११४ हेक्टर क्षेत्रफलमा लगाइएको खुर्सानी अहिले १६६ हेक्टर क्षेत्रफलमा लगाइएको छ । गत वर्ष ८७२ मेट्रिक टन खुर्सानी उत्पादन भएको थियो भने यस वर्ष एक हजार २६९ मेट्रिक टन उत्पादन भएको कृषि कार्यालयका प्रमुख वेनु प्रसार्इंले जानकारी दिए ।जिल्लाको चिलिङदेन, फाक्तेप, आङसराङ, रवि, पौवासारतापलगायत गाविसमा उत्पादन भएको खुर्सानी झापा, मोरङ हुँदै काठमाडौँसम्म निर्यात हुने गरेको छ । यस्तै उत्पादित खुर्सानी पाँचथर र इलामको सिमाना राँके तथा पञ्चमी वजारमा अचार बनाएर बिक्रीसमेत गर्ने गरिएको छ ।उत्पादन भएको खुर्सानी ३० प्रतिशत यहीँ खपत हुने गरेको छ । कृषकले खुर्सानी बिक्री गरेर प्रतिघरपरिवार ३० हजारदेखि एक लाख रुपैयाँसम्म आम्दानी लिने गरेका छन् ।काठमान्डौटुडेबाट

तपाईको प्रतिक्रिया