ulpakatकाठमाण्डु– आइतबार यो वर्षको अन्तिम उल्कापात हुने भएको छ । ग्रेगोरियन क्यालेण्डरअनुसार राति करिव दुई बजेतिर यस वर्षकै सबैभन्दा ठूलो उल्कापात हुने भएको हो ।मौसम सफा भएमा काठमाण्डुबाट आकाशमा २–३ घण्टासम्म उल्का बर्षा हेर्न सकिने छ । यसरी हुने उल्का वर्षा एक घण्टामा १ सय २० वटासम्म देख्न सकिने छ ।खासमा प्रतिघण्टा १० वटासम्म तारा देखिएमा उल्का वर्षा भएको भन्ने चलन छ । अन्तरिक्षमा रहेका धुमकेतु वा छुद्र ग्रहबाट चोइटिएर अन्तरिममा रहेका कणहरु वायुमण्डलमा प्रवेश गर्दा घर्षणको कारण चम्किने गर्दछ र त्यसलाई सुर्यको प्रकाश पर्दा त्यो चम्किलो बन्ने भएकाले यसलाई पृथ्वीबाट आकर्षण रुपमा देख्न सकिन्छ ।काठमाडौंटुडेबाट

 

तपाईको प्रतिक्रिया