Kosharaj-wonta

२ पुष काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  निलम्बन गर्न सिफारिश गरेको छ ।विभिन्न युनिटमा टेण्डर आव्हान गर्दा अनियमितता गरेको भन्दै परेको उजुरीमाथि छानविन लगत्तै अख्तियारले महानिरीक्षक वन्तलाई निलम्बन गर्न सिफारिस गरेको हो ।अख्तियारले सो प्रकरणमा महानिरिक्षक वन्त सहित तीन जना सशस्त्रका अधिकारीलाई छानविनको दायरामा राखेको आयोगले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया