cambodiya.नोम्पेन्ह, २ पुस-कम्बोडियाका हजारौँ मजदूर ज्याला बढाउन माग गर्दै बिहीबार आन्दोलनमा उत्रिएका छन् ।कम्बोडियाका कारखाना मजदुरले यसरी आन्दोलन सुरु गरेका बताइएको छ । कम्बोडियाको पूर्वी क्षेत्रका दुई प्रान्तको औद्योगिक क्षेत्रका हजारौँ मजदूरले बिहीबार सो माग राखी आन्दोलन गरेकोले त्यस क्षेत्रमा उत्पादनको काम ठप्प हुन पुगेको बताइएको हो ।ती क्षेत्रका करिब ४० वटा कारखानाका ३० हजार जना मजदुरले बिहीबार काम ठप्प पारेका हुन् ।उनीहरुले हाल पाउदै आएको ज्याला अत्यन्तै थोरै भएको भन्दै त्यसलाई बढाउन माग गरेका हुन् ।

 

तपाईको प्रतिक्रिया