minibus_drives_himself

एजेन्सी– नेदरल्यान्ड्सको वाखिनिंग्न विश्वविद्यालय र एअड सिटीले हालै एक यस्तो प्रयोग गर्दैछन् जसले यातायातको दूनियाँमा नयाँ आयाम थपिदिन सक्छ ।खबरअनुसार उनीहरुले विद्युतीय मिनीबस त्यो पनि चालकरहितको परिक्षण गर्दैछन् । वाखनिंग्न विश्वविद्यालय र एयड सिटीबीचको ३.५ माइलको दूरीमा यस्तो परिक्षण गर्न लागिएको हो ।यस्ता विद्युतीय वाहनहरुलाई विप्याड् नाम दिइएको छ । यी वाहन हेर्दा शिशाको बक्सा जस्ता देखिन्छन् । तर यसमा १२ मानिस अटाउन सक्छन् । वाहन हेर्दा यसको अगाडिको भाग र पछाडिको भागमा कुने अन्तर छैन । त्यतिमात्रै होइन यी वाहनमा स्टेरिङ, नियन्त्रण कक्ष केही पनि राखिएको छैन । खासमा यो रोबोट वैन हो जसलाई सजिलो भाषामा स्मार्ट फोनको एप्स मान्न सकिन्छ ।प्रतिघण्टा १५ माइल चल्ने यस्तो वाहनको प्रयोग यसअघि विमानस्थलका भित्री निश्चित सडकमा गरिएको थियो । अहिले भने यसको प्रयोग बाहिरी सड्मै गर्न लागिएको हो तर परिक्षणका लागि मात्रै । यदि यो परिक्षण सफल भएमा यसले भविष्यमा यातायातको क्षेत्रमा नै नयाँ आयाम थप्ने छ ।सुरुवाती चरणमा भएका कारण यसका केही कठिनाईहरु पनि छन् । जस्तो कि खराब मौसम, धेरै भिड हुने सडकहरु र राति यसलाई चलाउन सकिन्न ।

minibus_promo

क्यामेरा, लेजर सेन्सर जस्ता प्रविधि बसमा जडान गरिएको छ । यसैमा जडान भएको एप्सको प्रयोगबाट कुन कुन स्थानमा रोक्ने हो त्यो निर्धारण गर्न सकिन्छ । यो बस उच्चप्रविधियुक्त हो तर पनि यो यन्त्रमाथि पूरै विश्वास भने अहिले नै गरिसकिएको छैन । यसलाई मान्छेले नै कतै बसेर नियन्त्रण गर्नेछन् ।आवश्यकता भएमा यसलाई मान्छेले नै सञ्चालन पनि गर्न सक्नेछन् । यात्राका क्रममा कुनै यात्रुले यसको कम्यूनिकेसन बटन दबायो भने टेक्निसियन कक्षमा बसेको व्यक्तिले यसलाई आफ्नो नियन्त्रणमा लिन सक्छ र अप्ठ्यारो सडकबाट बसलाई बाहिर निकाल्न सक्छ ।

 

तपाईको प्रतिक्रिया