२ पुष एजेन्सी ।हलिउड एक्शन फिल्म एक्स म्यान :एपोकैलिप्सश को नयाँ ट्रेलरलाई लिएर यसपटक हंगामा मच्चिएको छ ।यो ट्रेलरमा भिलेनले आफ्नो तुलना भगवान कृष्ण संग गरेका छन् ।यो विषयलाई लिएर अमेरिकाका हिन्दु नेता राजन जेजले विरोध जनाएका छन् ।उनले भिलेनबोलेका डायलग तुरुन्त हटाउन माग गरेकाछन् ।ट्रेलरमा भिलेनले भन्छन् “मलाई जिन्दगीमा कयौं पटक कयौं नामले पुकारिएको छ राम कृष्ण र अन्य “सो फिल्ममा भिलेनको भूमिका ओस्कार इसाकले निभाएका छन् ।राजनले फिल्म निर्मातालाई सजग गराउंदै भनेका छन् कि कृष्णलाई मन्दिरमा पुजा गरिन्छ यदि यसरी कृष्ण लगायतका भगवानहरुको व्याख्या गलत तरिकाले गरियो भने भक्तहरुको भावनामा चोट पुग्छ ।फिल्म निर्माता ब्रयान सिंगरलाई आग्रह गर्दै राजनले कृष्ण संग जोडिएका सबै वाक्यांश ट्रेलर र फिल्म दुवै बाट हटाउनु होला किनकि यस्तो कामले धर्मको बारेमा गलत तरिकाले भ्रम पर्न जान्छ ।
भिडियोको लागि क्लिक गर्नुहोस