eiffel towerकाठमाण्डाै, ३ पुस ।  फ्रान्सको पेरिसमा हालै सम्पन्न जलवायु सम्मलेनमा सहभागी सांसद, कर्मचारीलगायत टोलीको यात्रामा भएको खर्च व्यवस्थापन गर्न विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका कर्मचारीलाई हम्मे परेको छ ।२० मंसिरमा पेरिस गएको उक्त टोलीलाई मन्त्रालयले कतार एयरलाइन्सबाट पेरिस आउजाउको व्यवस्था मिलाएको थियो । समय कम भएकाले उनीहरूको उधारोमा टिकट मिलाइएको स्रोतले बतायो । टोली २७ मंसिरमा मा काठमाण्डु फर्किएको थियो ।

एक जनाको आतेजाते करिब एक लाख २५ हजार रुपैयाँ खर्च भएको छ । टिकटलगायत खर्च वातावरण क्षेत्रमा कार्यरत राष्ट्रिय/अन्र्तराष्ट्रिय संस्थाबाट जुटाउन थालिएको मन्त्रालयका एक अधिकारीले बताए ।

वातावरण संरक्षण समितिका सभापति जनकराज चौधरी तथा सदस्यहरू हरि उप्रेती, गणेशप्रसाद विमली, रवनीदेवी चौधरी, राधिका तामाङ, रेशमबहादुर लामा, पेम्बा गुरुङ(भोेटे) लगायत सहभागी थिए ।सम्मेलन सुरु हुनुअघि समितिले वातावरणमन्त्री विश्वेन्द्र पासवान र सचिव कृष्णचन्द्र पौडेललाई बोलाएर आफूहरू जसरी पनि सहभागी गराउन दबाब दिएकाले उनीहरूलाई लगिएको हो । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

 

तपाईको प्रतिक्रिया