nagariktafकाठमाण्डु, ३ पुस । असोज ३ मा संविधान जारी भएपछि नेपाली पुरुषसँग विवाह गरेका ५ सय ९६ विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता पाएका छन् । गृह मन्त्रालयका अनुसार वैवाहिक अंगीकृत लिएकामा अधिकांश नेपालीसित बिहे गरेका भारतीय चेली छन् ।

संविधानले नेपालीसँग विवाह गरेकालाई नागरिकताबाट वञ्चित गरेको ‘झुटो प्रचार’ गरी सर्वसाधारणलाई भड्काउने काम भइरहेको भन्दै मधेसका एक जिल्लाका प्रशासकीय अधिकारीले वैवाहिक अंगीकृत नागरिकता लिनेको जानकारी दिएका हुन् ।

असोज ३ देखि पुस १ सम्ममा तराई–मधेसका २० जिल्ला र मकवानपुरबाट समेत गरी ५ सय ९६ ले वैवाहिक अंगीकृत नागरिकता पाएका छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

 

तपाईको प्रतिक्रिया