robot-akshay

मुम्बई । बलिउड नायक अक्षय कुमार दक्षिण भारतका चर्चित नायक रजनीकान्तसंगै ‘रोबर्ट-२’ मा देखिने भएका छन् । यस चलचित्रमा अक्षय खलनायकको रुपमा देखिने भएका हुन् ।

अक्षयले ट्वीट गरेर यसको पुष्टि गरेका छन् । ‘बर्षको अन्तमा यो भन्दा रमाईलो अरु के हुन सक्छ । सुपरस्टार रजनीकान्तसँग ‘रोबोट-२’ मा सहभागी हुने अवसर पाएको छु ।’ उनले भने ‘म एकदमै उत्साहित छु ।’यसमा अक्षय र रजनीकान्तको साथमा नायिका एमी ज्याक्सनले पनि महत्वपूर्ण भुमिका निर्वाह गर्ने भएकी छिन् । रोबोर्ट -२ रोवोर्टको सिक्वेल हो ।यसको सुटिङ आउदो वर्ष सुरु हुने भएको छ । यसको संगीत एआर रहमानले गर्ने भएका छन् ।

 

तपाईको प्रतिक्रिया