agoo३ पुष खोटाङ । खोटाङको दिक्तेल नगरपालिकामा भएको आगलागीमा पाँच घर जलेर पूर्णरुपमा नष्ट भएका छन् ।दिक्तेल नगरपालिका–२ स्थित रत्नपार्कमा भएको आगलागी स्थानीय हीरालाल पुरीको कपडा पसलबाट सुरु भएको र तीन घण्टापछि नेपाली सेना, जनपथ र सशस्त्र प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिइएका थिए ।आगलागीबाट करोडौँको क्षति भएपनि यकिन विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताए ।

हीरालाल पुरीको घरमा विद्युत् सर्ट भएर सल्किएको आगोले पुरी, केशव दाहाल, रविध्वज राई, दानबहादुर मगर र हर्कबहादुर राईको घर जलेको माझीले बताए ।आगलागीबाट मानवीय क्षति नभएपनि घर भाडामा बस्ने दर्जन बढी परिवार विचल्लीमा परेका छन् । आगलागी पीडितलाई रत्नपार्क्स्थित सामुदायिक सेवा केन्द्रको कार्यालय परिसरमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया