bideshपुष ३ इनरुवा /अन्र्तराष्ट्रिय आप्रवासन दिवसका अवसरमा सुनसरीमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।
सुरक्षित आप्रवासन (सामी) परियोजना अन्र्तगत दिवशसका अवसरमा सदरमुकाम इनरुवा सहित ९ गाविसमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरुको आयोजना गरिएको हो ।
सुरक्षित वैदेशिक रोजगार हामी सबैको सरोकार भन्ने नाराका साथ इनरुवा नगर सहितका ग्रामिणी भेगहरुमा जनचेतनामूलक र्याली, अन्र्तकृया, विद्यालय स्तरीय हाजिरी जवाफ लगायतका कार्यक्रमहरु गरिएका हुन् ।सीएस डीसी र आर एस डीसीको संयुक्त आयोजनामा संचालित सामी परियोजना अन्र्तगत वैदेशिक रोजगारीमा जानु पूृर्व अपनाउनुपर्ने प्रकृया लगायतका बारेमा कार्यक्रमहरु संचालन गरिदै आएको सामी परियोजना अधिकृत कोपिला दाहालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया