sunsariपुष ३ इनरुवा/
अति विपन्न समूदायका साथै सीमान्तृकत वर्गको उत्थानका लागि सरोकारवालाहरुको भूमिकाका सवालमा प्रभावकारिताको खाँचो औल्याइएको छ ।जागरण नेपालले आज सुनसरी सदरमुकाम इनरुवामा आयोजना गरेको कार्यक्रममा सहभागि सरोकारवालाहरुले निम्न वर्गिय समूदाय र लक्षित वर्ग केन्द्रित सेवा सुविधाको प्रत्याभूतिका लागि सामूहिक प्रतिवद्धता सहितको पहल आवश्यक रहेको बताएका हुन् ।
सरकारी सेवा तथा अधिकार सम्वन्धि कार्यशाला गोष्ठीमा कार्यक्रम लागु भएका मधेली,चाँदबेला,भरौल र डुम्राहा गाविसबाट संकलित लक्षित वर्गका सुझाव कार्यान्वयनको पहलका लागि सरोकारवाला निकायसामू प्रतिवद्धता जनाउन लगाइएको थियो ।
खाद्य,शिक्षा र स्वास्थ्य जस्ता विषय केन्द्रित गरी नागरिक सुदुढ परियोजनालाई जागरण नेपालले स्थानीय स्तरमा संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया