काठमाडौं २४ असोज / सांसदमा प्रधानमन्त्रीको निर्वाचन प्रकृया सुरु भइरहेको बेला एमाओवादीका दुई सभाषदहरुलाई अज्ञात ब्याक्तिले गोली हान्ने धम्की दिएको सार्वजनीक भएको छ । प्रधानमन्त्रीका दाबेदार केपी ओलीको पक्षमा भोट खसाले ज्यान मार्ने धम्की आएको सार्वजनीक भएको हो ।

एकिकृत नेकपा माओवादीका सांसद निशा साह र सोनिया यादवलाई प्रधानमन्त्रीमा ओलीलाई भोट दिए गोली हान्ने धम्की आएको सभाषद साहले बताउनुभएको छ । मुलुकको ३८ औ प्रधानमन्त्रीमा एमालेका अध्यक्ष केपी ओलीको जित निश्चित देखिएको बेला ओलीलाई हराउन भारत पक्षकै यस्तो चाल रहेको हुन सक्ने सांसदहरुले अनुमान लगाउदै आएका छन ।

साभार: पुर्वेली न्युज

तपाईको प्रतिक्रिया