४ पुस ,सप्तरी। गएराति सप्तरीको हनुमाननगर जोगनी माई नगरपालिका–७ मा  आगलागी हुँदा रु. तीन लाखभन्दा बढीको क्षति भएको छ ।  स्थानीय लखन मण्डलको घरमा अचानक आगलागी हुँदा घर जल्नुका साथै रिङ तथा पोल बनाउने काउन्टर हाउसमा समेत आगलागी हँदा सो बराबरको क्षति भएको पीडितले जनाएको छ । यस्तै सो आगलागीबाट सोही ठाउँका सकला मण्डलको एउटा घर पनि जलेको बताइएको छ । आगो स्थानीयवासी र प्रहरीले नियन्त्रणमा लिएको थिायो ।

तपाईको प्रतिक्रिया