
४ पुष विरगंज । सर्वसाधारणको मोटरसाइकल जलाउन खोज्दा विरगंजको घण्टाघर नजिकै प्रदशनकारी र प्रहरी विच झडप भएको छ । प्रहरीले सो मोटरसाइकल जलाउन नदिएपछि प्रदशनकारी झडपमा उत्रिएका थए । दिउसोको बेला बजारका पसलहरु तथा सवारी साधन तोडफोड गर्न खोज्दा झडप भएको हो । सो झडपमा ५ प्रदशनकारी घाईते भएका छन् ।प्रहरी संगको झडपमा केहि प्रदशनकारिहरुले प्रहरीको गोलि खोस्न खोजे पनि उनीहरु सफल हुन् सकेनन् । गोलि खोस्न आएका प्रदशनकारिलाई प्रहरीले बल प्रयोग गरेर लखेटेको थियो।मधेसी मोर्चाले वार्ता गर्न मधेसमा नै आउनुपर्ने र प्रधानमन्त्रीले बल प्रयोग गरेर अराजकताको अन्त्य गर्ने भनेको २४ घण्टा नवित्दै विरगंजमा झडप भएको हो ।