CIMG6083
इनरुवा पुष ४/
सुनसरी जिल्ला अदालतले चालु आर्थिक बर्ष भित्र जरिवाना र कैद भुतmानमा समय सिमा भित्र छुट दिने भएको छ ।
सुनसरी जिल्ला अदालत इनरुवाका तहसिलदार शाखा अधिकृत रित वहादुर पुलामीका अनुसार २०७२ पौष महिना भित्र अदालतमा लागेको जरिवाना सरकारी बाकी बक्यौता बुझाएमा १५ प्रतिशत छुट दिने जानकारी दिए ।
त्यसैगरी सुनसरी अदालतले माघ महिनामा १३ प्रतिशत छुटको व्यवस्था गरेको छ । अदालतको नयाँ छुट योजना अनुसार फागुनमा ११ प्रतिशत , चैतमा ९ प्रतिशत, २०७३ वैशाखमा ७ प्रतिशत छुट , जेठमा ७ प्रतिशत छुट र असारमा ५ प्रतिशत छुट पाउन सकिने छ ।
जिल्ला अदालत नियमावली २०५२ को नियम ८७ एंव सुनसरी जिल्ला अदालतको २०७२ मंसिर २२ को निर्णय बमोजिम सर्वसाधारण सबैकालागि सुचना जारी गरिएको सुनसरी जिल्ला अदालतका तहसिलदार शाखा अधिकृत रित वहादुर पुलामीले जनाएका छन् ।

तपाईको प्रतिक्रिया