DSC01981
इनरुवा पुष ४/
विद्यालयमा अध्ययरत छात्राहरुको जानकारीका लागि किशोरी स्वास्थ्य सचेतना कक्षा संचालनमा ल्याइएको छ ।
नवयुग बहुउद्येश्यीय सामूदायिक अध्ययन केन्द्र इनरुवाले सुनसरीले शारदा उच्च मावि बलाहामा किशोरी सचेतना कार्यक्रम संचालनमा ल्याएको हो ।
विद्यालयमा अध्ययनरत छात्राहरुमा उमेरको वृद्धि विकास सँगै आइपर्ने शारीरिक परिवर्तन लगायतका बारेमा जानकारी गराइएको संस्थाका अध्यक्ष खेमराज पोखरेलले जानकारी दिनुभयो ।
इनरुवा नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय सुनसरीको सहयोगमा संचालित महिला स्वास्थ्य सम्वन्धि जनचेतना मूलक कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका स्वास्थकर्मीहरुले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया