DSC01997
पुष ४ दुहवी/सुनसरीको दुहबी भलुवा नगरपालिका स्थित रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिबार संस्थाको वार्षिक साधारण सभा सेयर सदस्य तथा सरोकारबालाहरुको सहभागीतामा सम्पन्न भएको संस्थाका अध्यक्ष मिलिराम चौधरीले जानकारी दिनुभयो । वार्षिक आयव्यय सहित योजना तथा कार्यक्रम सार्वजनिक गर्दै साधारणसभा सम्पन्न भएको अध्यक्ष चौधरीले बताउनुभयो ।

साधारण सभामा ११ करोड १० लाख पुजिँगत स्रोत र १ करोड २ लाख ४३ हजार रुपँैया स्थिर पुजिँ सहित १२ करोड १२ लाख ४३ हजार ६ सय ७१ रुपैयाँ बराबरको आयब्यय सार्बजनिक गरिएको थियो । ।
कुल १ हजार ७ सय ५७ सदस्य रहेको सहकारीको कुल सेयर पुजिँ १ करोड १६ लाख २९ लाख ५ सय रुपैया रहेको संस्थाका अध्यक्ष मिलिराम चौधरीले जानकारी दिनुभयो ।

उक्त संस्था मार्फत स्थानीयतहमा सुपथ मुल्यका सहकारी पसल, मनि ट्रान्सफर र लघुबित्त जस्ता कार्यक्रमहरु संचालनमा रहेका छन् । त्यसैगरी संस्थाले एम्बुलेन्स सेवा समेत संचालनमा ल्याएको छ ।

साधाराण सभामा दुहबि भलुवा नगरपालिकाका कार्यकारी अधिकृत युवराज ढकाल, जिल्ला बचत सहकारी संघका अध्यक्ष रुद्र प्रसाद उप्रेति लगायतकाले सहकारीले पुर्याएको योगदानका बारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया