is
सोलुखुम्बु पुष ४/ सोलुखुम्बुको मथिल्लो क्षेत्रमा हिमपात भए पछि अत्यधिक चिसो बढे सगै जनजीवन प्रभावित बनेको छ ।
सगरमाथा प्रदुषण नियन्त्रण समिति नाम्चेको तथ्याङ्क अनुसार शनिवार बिहानको तापक्रम माइनस ७ डिग्री सेल्सियस थियो भने दिउँसोको तापक्रम माइनस ४ डिग्री सेल्सियस रहेको छ भने रातमा अझ तापक्रम झर्न सक्ने जनाएको छ ।
शनिवार देखी खुम्बु क्षेत्रमा चिसो बढेसँगै प्रत्येक होटल तथा घरको चिम्नीबाट धुवा निस्कन थालेको देखिन्छ । अत्याधिक चिसोसँगै पर्यटक तथा स्थानीय बासिन्दाले आगो तापेर बस्ने गरेका छन् भने जिल्लाको माथिल्लो क्षेत्र खुम्बुमा चिसाका कारण बिहान निस्कन सक्ने अवस्था नरहेको नाम्चे प्रहरीले जनाएको छ । शुक्रबार साँझको समयमा हिउँ परेको कारण नाम्चेमा चिसो बढेकाले नाम्चे लगायत क्षेत्रका स्थानिय तथा पर्यटकहरु चिसोले प्रभावित बनेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
चिसो बढेसँगै पर्यटकहरु आ–आफ्नो देश फर्कन थालेकाले सोलुखुम्बुमा पर्यटकहरु पनि पातलिन थालेका छन् । पर्यटकीय सिजनमा दैनिक सयौ पर्यटक आउने गरेको पनि अहिले दैनिक ३० जनाको हाराहारीमा मात्र आउन थालेको पर्यटक प्रहरी कार्यालय लुक्लाको तथ्याङ्क छ ।

तपाईको प्रतिक्रिया