SAM_0330
पुष ४ इटहरी/
पेट्रोलियम पदार्थको असहज आपूर्ति र बन्दको बहानामा यात्रुहरुबाट बढी भाडा असुल्ने सवारीसाधन उपर कार्वाही थालिएको छ ।
छोटो दुरीमा चल्ने बस,माइक्रो र म्याजिक लगायतका सवारीका साधनहरुले यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिने गरेको जनगुनासो बढेसँगै पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले चेकजाँचमा तिव्रतासँगै त्यस्ता सवारीसाधन उपर कार्वाहीको प्रकृया अघि बढाएको हो ।

गुनासो पश्चात ट्राफिक प्रहरी पोष्ट दुहवी र इलाका प्रहरी कार्यालय दुहवीको संयुक्त टोलीले बिराटनगरबाट काकडभिट्टा,धरान र इनरुवा रुटमा चल्ने छोटो दुरीका सवारी साधनका साथै ट्राफिक प्रहरी पोष्ट इनरुवाले पूर्व पश्चिम राजमार्गमा चल्ने सवारीका साधनमा जाँच गरेको थियो ।
सो क्रममा २१ वटा सवारी साधनले यात्रुहरुबाट तोकिएको भन्दा बढी भाडा लिएको पाइएपछि सम्वन्धित यात्रुलाई बढी तिरेको भाडा फिर्ता गराइएको थियो । बढी भाडा लिने सवारीका साधन उपर कानुनी कार्वाही अघि बढाइएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया