barca2५ पुष । जापानमा सम्पन्न क्लब वल्र्डकप फुटबलको उपाधिमा बार्सिलोनाले कव्जा गरेको छ ।आइतबार जापानको योकोहामा खेलिएको फाइनल खेलमा बार्सिलोनाले अर्जेन्टिनी क्लब रिभर प्लेटलाई ३–० ले हरायो ।बार्साको जितमा लुइस स्वरजले दुई गोल गरे भने अर्को गोल अर्जेन्टाइन स्टार लिओनल मेस्सीले गरे । जित निकालने क्रममा बार्सिलोनाले ३६ औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो ।

दोस्रो हाफमा स्वरेजले दुई गोल गरे । ४९ औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका स्वरेजले ६८ औं मिनेटमा दोस्रो गोल गरे ।क्लब वल्र्डकपको दुई खेलमा पाँच गोल गरेका स्वारेजले गोल्डन बल पाएका छन् ।  यससँगै स्पेनिस क्याटलान बार्साले २०१५ मा पाँचौं उपाधि उचालेको छ ।क्लब वल्र्डकप भने तेस्रो पटक जितेको छ । उसले यसअघि २००९ र ०११ मा पनि क्लब वल्र्डकपको उपाधि जितेको थियो ।

 

तपाईको प्रतिक्रिया