thip-Gang

५ पुस, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले एक थान पेस्तोल सहित ७ जनालाई पक्राउ गरेको छ ।परिसरबाट खटिएको विषेश टोलीले चावहिलबाट लुटपाट गर्ने उद्देश्यले आएको समूहलाई एक थान भारतीय कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।सुनसरीका बर्मा तामाङ, धादिङका समुयाल तामाङ र बेसिल घले, नुवाकोटका रामशरण नेपाली र रोशन परियार तथा पर्वतका पुष्कर लोहन पक्राउ परेका हुन् । पक्राउ परेका प्राय सबै विभिन्न अपराधमा जेल सजायँ भुक्तान गरिसकेकाहरु रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरु सबै आपराधीक पृष्ठभूमिका भएकोले थप अनुसन्धान भैरहेको काठमाडौं प्रहरी परिसर प्रमुख विक्रमसिंह थापाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया