madhesh2पुष ६, इनरुवा ।इटहरीमा हुने आमसभा बिथोल्न मधेसी मोर्चाले दुहवीमा अबरोध गरेपछि प्रहरीसँग झडप भएको छ । झडपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ भने ५ जना मोर्चाका कार्यकर्ता घाइते भएका छन् ।

 

मोर्चाका कार्यकर्ताहरु प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउन भेला भएको बेलामा सो भिडलाइ तितर बितर पार्ने क्रममा झडप भएको हो ।प्रधानमन्त्री ओली सोमबार बिराटनगर बिमानस्थलबाट दुहवी हुँदै इटहरी पुग्ने कार्यक्रम छ ।

अहिले दुहबी क्षेत्रमा तनाव बढेको छ । पक्राउ परेका कार्यकर्ताहरु इलाका प्रहरी कार्यालय दुहबीमा राखिएको छ । उनिहरुको रिहाइको माग गदै दुहबीमा थप प्रर्दशन भइरहेको छ।

रामेश्वर मण्डल, मुन्ना साह, रञ्जित गोश्वामी, एसएन मेहता घाइते भएको मोर्चाले जनाएको छ ।दुहबि तथा इटहरीमा अहिले सुरक्षा अबस्था थप कडा पारिएको छ ।

तपाईको प्रतिक्रिया