Grabbed Frame 39
अमर काफ्ले, पुष ६, दुहवी/
प्रधानमंत्री केपी शर्मा ओली केहिबेर अघि इटहरी पुग्नु भएको छ ।
विराटनगर एयरपोर्टबाट इटहरीका लागि प्रस्थान गर्ने क्रममा मोर्चाको सम्भावित अवरोधलाई मध्यनजर गर्दै राजमार्गमा कडा सुरक्षाको प्रवन्ध मिलाइएको थियो ।प्रधानमंत्रीलाई कालो झण्डा देखाउने कार्यक्रम तय गरेको मोर्चाले दुहवी सडक खण्डमा पुर्याउन सक्ने अवरोधलाई ध्यानमा राखी सुनसरी प्रशासनले सो क्षेत्रमा विहानैबाट बाक्लो सुरक्षा तैनाथी गराएको थियो ।
नेपाली सेना, ससस्त्र र जनपथ प्रहरी सहितको संयुक्त सुरक्षा टोलीको विशेष स्कटिङमा प्रधानमंत्री ओली दुहवी हुँदै इटहरी पुग्नु भएको छ ।
विहानै मोर्चाले दुहवी बजार क्षेत्रमा कालो झण्डा सहित प्रर्दशनको प्रयास गरेपछि प्रहरीले मोर्चा कार्यकर्ताहरुको साथमा रहेको झण्डा खोसेको थियो । झण्डा खोस्ने र प्रर्दशन गर्ने समूहवीच तनावको अवस्था सीर्जना हुन पुगेको थियो ।
मोर्चाले सो क्रममा आफुहरुमाथि प्रहरीले लाठी चार्ज गरेको बताएको छ । आफ्ना आधा दर्जन बढी कार्यकर्ता घाइते भएको संयुक्त लोकतान्त्रिक मोर्चा सुनसरी संयोजक एसएन मेहताले बताउनु भयो ।
प्रहरीले भने झडप नभएको स्पष्ट पारेको छ । कालो झण्डा सहित प्रर्दशन गर्न खोज्ने र बजारमा विरोध जनाउन खोज्ने क्रममा स्थानीय नेता रंजित गोस्वामी सहित ५ मोर्चा कार्यकर्तालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया