MEA-Statement

६ पुष काठमाडौं । भारतले आइतबार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकका निर्णयको भारतले स्वागत गरेको छ ।भारतीय विदेश मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तीमा परराष्ट्र मन्त्री कमल थापाले आइतबारको मन्त्रिपरिषदको बैठकमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले मधेस समस्या समाधानका लागि गरेका केही महत्वपूर्ण निर्णयबारे जानकारी दिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा राज्यका सबैअंगमा समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त लागु गर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने विषयमा संविधान संशोधन गर्नका लागि भएको उल्लेख गर्दै राजनीतिक सहमतिका आधारमा प्रदेशको सीमांकन परिवर्तन गर्ने र नागरिकतासम्बन्धी मुद्धालाई सम्बोधन गरिने आशा व्यक्त गरिएको छ ।
‘भारत सरकार यो विकासक्रमको स्वागत गर्दछ’, विज्ञप्तिमा भनिएको छ ‘यसले नेपालमा भइरहेको वर्तमान समस्या समाधान गर्न सहयोग गर्नेछ ।’

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा एक असल छिमेकी र शुभचिन्तकका हिसाबले संविधानका विषयमा नेपालमा भइरहेको आन्तरिक मतभेदमा भारतको गहिरो चासो रहेको उल्लेख गरिएको छ ।
भारतले नेपालका सबै राजनीतिक दललाई समस्या समाधानका लागि परिपक्वता र लचकता अपनाउन आग्रह गरेको छ ।
भारतले नेपाल भारतबीच व्यापारमा भइरहेको अवरोध चाँडै अन्त्य हुने विश्वास समेत व्यक्त गरेको छ ।नेपालसंदेशबाट

 

तपाईको प्रतिक्रिया