akhtiyarपुष ७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एकजना अभागी आयुक्त अवकाश पाउँदैछन् भने अर्का आयुक्त चाहिँ दोहोरो सुविधा लिएर बसेको आरोप छ । अवकाश पाउन लागेका आयुक्त हुन् केशवप्रसाद बराल । उनको कार्यकाल ०७२ मा घ ६ गते सकिन्छ । त्यसपछि संविधान अनुसार उनले अन्त कतै जागिर खान पाउने छैनन् । घर बस्नुपर्नेछ अर्की आयुक्त डा. सावित्री गुरुङ थापाको भने डबल जागिर छ ।

उनी आयुक्त भइहालिन्, त्यसबाहेक त्रिभुवन विश्वद्यिालयमा पनि प्राध्यापक छिन् । दुवैतिर तलब खान नपाइने व्यवस्था छ, तर गुरुङले भने कानुनविपरीत दोहोरो जागिर खाइरहेकी छन् । प्राध्यापकबाट राजीनामा नदिएकाले आयुक्त साबित्रीप्रति नैतिक प्रश्न खडा भएको छ ।

नियुक्तको मितिले एक महिना बिदा लिने परम्परा छ । नियुत्तिको मितिले उनको कार्यकाल ६ वर्ष पूरा भए पनि उनले ०७० वैशाख २५ बाट मात्र कार्यभार सम्हाल्ने अवसर पाएका थिए । प्रमुख आयुक्त नियुक्त नहुनाले उनले कार्यभार सम्हाल्न पाएका थिएनन् । चार वर्षे अन्योलपछि उनले कार्यभार त सम्हाले तर झिमिक्क गर्दागर्दै कार्यकाल सकिँदैछ । तर मानीय आयुक्त बराल भने आफ्नो कार्यकाल अरु चार वर्ष बाँकी रहेकोतर्क गर्दैछन् । आजको साँघु साप्ताहिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया