birgunj-aandolan4पुष ७ वीरगन्ज । मधेसका माग पूरा गराउन सरकार र प्रमुख तीन दललाई ‘अन्तिम धक्का’ दिने भन्दै मधेसी दलले चर्काएको आन्दोलत तीन दिन बित्न नपाउँदै फितलो भएको छ ।मधेसी दलको प्रदर्शनका कारण शुक्रबारदेखि बन्द रहेका वीरगन्जका बजार र पसल सोमबारदेखि खुलेका छन् । ठूला सवारी साधन नचले पनि मोटरसाइकल, रिक्सा, टाँगा, टेम्पो, इरिक्सालगायत साना साधन चलेपछि बजारमा चहलपहल बढेको छ ।सोमबार बिहान मधेसी दलले वीरगन्जमा लाठी जुलुस प्रदर्शन गरे पनि त्यसको कुनै असर परेन । जुलुस प्रदर्शन सकिएलगत्तै व्यापारीले बजार र पसल खोले । बजार खुलेपछि वीरगन्जमा सर्वसाधारणको चहलपहल पनि बाक्लिएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया