७ पुष काठमाडौं । सरकारले यस वर्षदेखि एसएसलीमा सहभागी विद्यार्थीको मूल्यांकन लेटर ग्रेडिङबाट गर्ने भनी गरेको निर्णयले विद्यालय तहमा अन्योल देखिको छ।
विद्यार्थीसँग नजिक रहने शिक्षकले समेत यो प्राणलीका बारेमा जानकार छैनन्। लेटर ग्रेडिङबाट कसरी क्षमता मूल्यांकन गर्ने भन्ने बुझाउन नसक्दा विद्यार्थीले पनि पढ्न छोडेको सरोकारवालाहरुले बताएका छन्।ग्रेडिङ गर्दा समूह डी र ईमा पर्नेले समेत माथिल्लो कक्षामा अध्ययन गर्न पाउने भन्दै विद्यार्थीले मेहेनत गर्नै छाडेको शिक्षक बताउँछन्। छोराछोरीले पढ्न छाडेपछि अभिभावक पनि यो पद्धतिका बारेमा बुझ्न विद्यालय धाउन थालेका छन्।
परीक्षामा फेल पास नहुने भएपछि अभिभावकले यो प्रणालीको बारेमा चासो दिन थालेको उनले वताए।
शिक्षा मन्त्रालयले यस बर्षदेखि एसएलसी मुल्यांकन ग्रेडिङ प्रणलीबाट गर्ने निर्णय गरेको छ । प्रत्यक्ष सरोककार राख्ने विद्यार्थी, शिक्षक अविभावक र सरोकारवाला सबैमा यो पद्धतिबारे बुझाउने जिम्मेवारी विद्यालयको भएपनि विद्यालयका शिक्षकै यसबारे अनभिज्ञ छन् । कान्तिपुरमा समाचर छ ।