Grabbed Frame 40.jpg22
इनरुवा पुष ७/ग्रामिण भेगमा रहेका महिला तथा बालबालिका लगायतका क्षेत्रमा नेतृत्वदायी
भूमिका निवार्ह गर्दै आएका अग्रणी महिलाहरुकालागि शशक्तिकरण तालिमको
आयोजना गरिएको छ ।
सुनसरीका २४ गाविसका लक्षित क्षेत्रमा काम गर्दै आएका महिलाहरुको सामूहिक
भेला डाकी समस्या र समाधानका विषयमा छलफल गरिएको आयोजकले बताएको छ ।

प्लान नेपालको सहकार्यमा साझा सवालका लागि साझा मंच कोकनले आयोजना
गरेको कार्यक्रममा कोकन पूर्वाञ्चल कार्यक्रम संयोजक मञ्जिता उपाध्याय र
अधिकारकर्मी कमल कोइरालाले सहजिकरण गरेका थिए ।

गाविस स्तरीय महिला समूहको भेला तथा अन्र्तकृयाले स्थानीयतहमा विद्यमान
समस्या र तिनको निराकरणका लागि भैआएका प्रयास र भावी दिनमा अवलम्वन गर्न
आवश्यक नीतिका बारेमा छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया