Solar-Panelsपुष ७ काठमाडौं ।महानगरपालिका र उपमहानगरपालिकामा १० आनाभन्दा बढि जग्गामा २५ सय वर्गफिटभन्दा बढिका आवासीय घर बनाउँदा सौर्य उर्जा प्रणाली अनिवार्य जडान गर्नुपर्ने भएको छ । भारतीय नाकाबन्दीका कारण देशले चरम उर्जा संकटको सामना गरिरहेका बेला सरकारले निजी तथा आवासीय भवन निर्माण गर्दा अनिवार्य रुपमा सौर्य उर्जा जडान गर्नुपर्ने नियम ल्याएको छ ।

अनुमति लिइसकेका तर निर्माण सम्पन्न प्रमाणपत्र नलिएका आवासीय भवनहरुको हकमा पनि यो निर्णय लागू हुनेछ । स्थानीय विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरि व्यापारीक भवन, अस्पताल, बोर्डिङ स्कुल लगायतका भवन निर्माण गर्दा अनिवार्य रुपमा सौर्य उर्जा जडान गुर्नपर्ने नियम लागु भएको घोषणा गरेको हो ।

पछिल्लो समयमा देश नै उर्जा संकटबाट गुज्रिरहेका बेला सरकारले उर्जा खपतको २५ प्रतिशत सौर्य उर्जा हुनुपर्ने भन्दै यस्तो नियम लागु गरेको हो ।पत्रकार सम्मेलनमा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले अबदेखि नक्सा पाससंगै घरमा सौर्य उर्जा जडानसम्वन्धी डिजाइन पनि तयार गर्नुपर्ने नियम लागु भएको बताइन् ।

 

तपाईको प्रतिक्रिया