Rajendra-Mahatoपुस ८  विरगञ्ज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मन्त्रीपरिषद्ले पास गरेको तीन बुँदे प्रस्तावको खिल्ली उडाएका छन् । विरगञ्जस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी उनले सो प्रस्तावलाई अपूर्ण र आधारहिन बताए ।प्रस्तावमा मधेस आन्दोलनलाई सम्बोधन गर्ने कुनै पनि विषय नसमेटिएको बताउँदै महतोले भने, ‘सरकारले ल्याएको प्रस्तावले मधेस आन्दोलनलाई कुनै पनि रुपमा समेटेको छैन । यसले समस्या समाधान भन्दा पनि झन् जटिल बनाउने देखिन्छ । हामी यो प्रस्तावलाई ठाडै अस्वीकार गछौँ ।’

उनले सरकारलाई सीमांकनसहितको प्रस्ताव ल्याउन र त्यसलाई प्याकेजमै सहमति गर्ने गरी अघि बढ्न सुझाव दिएका छन् । उनले भने, ‘सीमांकन विनाको प्रस्ताव हामी मान्दैनौँ । बरु आन्दोलनलाई अझ कडा पारेर लान्छौँ तर, मधेसका माग पुरा नगराई हामी कुनै पनि हालतमा झुक्दैनौँ ।’वार्ताका लागि तपाईं किन काठमाण्डु नजानुभएको भन्ने पत्रकारको प्रश्नमा उनले आनदोलनका लागि नेतृत्व गर्ने एकजना चाहिने र सबै काठमाण्डु होमिएर काम नभएको बताए ।सरकारले अघि सारेको प्रस्तावलाई भारतले समेत स्वागत गरेका बेला मधेसी मोर्चा भने असन्तुष्ट छ ।काठमांडुटुडेबाट

 

तपाईको प्रतिक्रिया