पुष ९ काठमाडौं – सरकारी कार्यालयहरुबाट प्रवाह हुने सेवा लिन झन्डै एक तिहाइ सर्वसाधारणले घूस खुवाउनुपर्ने बाध्यता रहेको एक अध्ययनले देखाएको छ ।ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार मालपोत कार्यालयदेखि , शिक्षा र अदालतसम्मै घूस दिनुपर्ने अवस्था छ । अध्ययन क्रममा १ हजार १ सय ५३ सेवाग्राहीमाझ गरिएको सर्वेक्षणमा ३ सय ५७ जनाले सरकारी निकायबाट सेवा लिँदा घूस खुवाउनु परेको बताएका छन्, आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया