sushil-koiralaपुष ९ काठमाडाैं । कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले धनगढीमा राखेको कार्यक्रमलाई लिएर सभापति सुशील कोइराला उपसभापति रामचन्द्र पौडेलसँग चिढीएका छन् ।

प्रतिष्ठानका सभापतिसमेत रहेका पौडेलले कोइराला उपचारका लागि अमेरिका गएकै मौकापारी कार्यक्रम तय गरेका थिए । आफूसँग सल्लाह नगरी प्रशिक्षण कार्यक्रममार्फत् चुनावी अभियानमा लागेको भनेर कोइराला पौडेलसँग रुष्ट भएका हुन् ।बुधबारदेखि सुरु भएको सुदुरपश्चिमाञ्चल स्तरको अगुवा कार्यकर्ता प्रशिक्षणको उद्घाटन गर्न कोइराला गएनन् । समापनका लागि बरिष्ठ नेता शेरबहादुर देउवा बिहीबार जाने तयारीमा छन् ।

स्रोतका अनुसार कोइरालाले माघको दोस्रो सातासम्म घोषणा नगर्न पौडेललाई आग्रह गर्दै आएका थिए । माघको दोस्रो साताभित्र पार्टीको स्थानीय तहको अधिवेशन सम्पन्न भइसक्छ ।

स्थानीय तहको अधिवेशन सकिएपछि मात्रै उम्मेदवारी घोषणा गर्नुपर्ने कोइरालाको जोडलाई पौडेलले संसयको रुपमा लिँदै आएका छन् ।

कोइरालाको यो आग्रहलाई पौडेलले आफैं प्रतिस्पर्धामा उत्रने चाहनाको रुपमा प्रकट गर्दै आएका छन् ।

‘देशभरबाट महधिवशनमा आउने प्रतिनिधिहरुको जोडघटाउ गरेर पौडेललाई तयारी गर्न नदिई आफैं अघि बढ्ने रणनीति लिएपछि पौडेलले पश्चिमाञ्चलमा गएर उम्मेदवारी घोषणा गरेका हुन्’ पार्टीका एक केन्द्रीय सदस्यले भने । उनले उम्मेदवारी घोषणा गरेपछि लगतै कोइरालाले पौडेलसँग असन्तुष्टि पनि जनाएका छन् ।

कोइरालाको असन्तुष्टीलत्तै पौडेलले सल्लाह गरेर नै आफूले औपचारिक रुपमा उम्मेदवारीको घोषणा गर्ने बताएका थिए ।

१३ औं महाधिवेशनमा कोइरालालाई जसरी पनि छेक्नुपर्ने रणनीति लिएर पौडेल केही दिनदेखिने देश दौडाहमा लागेका छन् । केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका बेला पौडेल दुई दिन पूर्वको भ्रमणमा गएका थिए । अाजकाे कान्तिपुर दैनिकमा समाचार छ ।

 

तपाईको प्रतिक्रिया