pestol harayoपुष ९ काठमाडौ । कीर्तिपुरको चाल्नाखेलमा एभरेस्ट ग्यासको रिफिलिङ सेन्टरमा स्थानीयसंगको झडपमा पेस्तोल हराएको र समयमै माथिल्लो आदेश पालना नगरेको भन्दै महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी टीकाबहादुर केसीलाई काठमाडौं परिसर तानिएको छ ।

केसीलाई परिसर तानिएसंगै वृत्तको इन्चार्जमा महानगरीय प्रहरी रानीपोखरीका डीएसपी प्रेम बस्नेतलाई पठाइएको छ।महानगरीय प्रहरीले घटनाको आवश्यक छानविनका लागि डीआईजी मधु पुडासैनीको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ ।टोलीमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसपी विश्वराज पोखरेल छन् । आजको अन्नपूर्णमा समाचार छ।तस्विर:कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया