priyanka

पुष ९ मुम्बई । निर्देशक प्रकाश झा गंगाजलको सिरिज ‘जय गंगाजल’ लिएर आएका छन् । उनको नयाा फिल्ममा पि्रयंका चोपडाले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेकी छिन् । त्यसो त प्रकाश झा स्वयं पनि प्रहरीको भूमिकामा देखिएका छन् यस चलचित्रमा ।

झाले यसअघि सन २००३ मा गंगाजल बनाएका थिए, जुन फिल्ममा अजय देबगणको मुख्य भूमिका थियो । तर, यसपटक नारी पात्रलाई शसक्त रुपमा प्रस्तुत गरेका छन् ।प्रोमो हेर्नेहरुले प्रियंकाको कामको तारिफ गर्न कुनै कन्जुस्याई गर्ने छैनन् । अहिले प्रदर्शन भइरहेको बाजीराव मस्तानीमा मुख्य भूमिका निर्वाह गरेकी प्रियंका हलिउडमा समेत चर्चा पाउने बलिउड नायिका हुन् ।

तपाईको प्रतिक्रिया