Bindu-Pariyarपुष ९ काठमाडौं । नेपाली पोर्नस्टारका रुपमा चर्चा कमाएकी बिन्दु परियारले आफ्नै श्रीमानविरुद्ध हालेको मुद्दा जितेकी छन् ।मुद्दाको जितेसँगै उनले ७२ लाख अमेरिकी डलर अर्थात ७२ करोड रुपैयाँ क्षतिपूर्ति पाउने भएकी छन् ।आफूलाई जबरजस्ती पोर्न उद्योगमा काम गर्न बाध्य बनाएको भन्दै उनले श्रीमान टम राण्डेल सेवेलविरुद्ध मुद्दा हालेकी थिइन् ।टमले उनलाई झुक्याएर स्तन ठूलो बनाउने शल्यक्रिया (ब्रेस्ट इम्प्लान्ट) गराएको, पासपोर्ट लुकाइदिएको, नग्न क्लबमा काम गर्न लगाएको, अन्य पुरुषहरुसँग यौनसम्बन्ध राख्न बाध्य पारेको तथा त्यसलाई भिडियो बनाएको अदालतले ठहर गर्दै उनलाई क्षतिपूर्ति दिन आदेश दिएको हो ।

 

तपाईको प्रतिक्रिया