women-empowerment1पुष ९ इनरुवा /(प्रतिनिधि तस्विर)
जागरण नेपालले वर्षभरी लक्षित क्षेत्रमा सम्पन्न गरेका कार्यक्रम तथा संचालित योजनाका बारे सार्वजनिक गरेको छ ।सुनसरीको इनरुवामा आज आयोजित वार्षिक समिक्षा कार्यक्रमकावीच क्षेत्रीय संयोजक प्रतिक्षा बस्नेतले परियोजनाका बारेमा सार्वजनिकीकरण गर्नुभएको थियो ।

कार्यक्रममा महिलाहरुको समावेशी सहभागिताका लागि क्षमता विकास सम्वन्धी कार्यक्रमहरु जिल्लाका विभिन्न गाविसमा संचालन गरिएको बताइएको थियो । सन २०१५ जनवरी देखी २०१५डिसेम्बर सम्म समपन्न भएका कार्यक्रमले स्थानीय तहमा महिला शशक्तिकरणको पाटोलाई मजबुत बनाएको उल्लेख गरिएको थियो । जागरण नेपालले सुनसरीको बविया, सिंगिया, सोनापुर, सत्तेरझोरा, सिमरिया र बक्लौरी गाविसमा महिला अधिकार र क्षमता अभिबृद्धीको सवालमा बिभिन्न कार्यहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया