New-minister-of-nepal

पुष ९ काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्रीको संख्या मात्र ३४ पुगेको छ । बिहिबार मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री ओलीले साना दलहरुलाई सरकारमा समेटेपछि मन्त्रीको संख्या ३४ पुगेको हो ।

बिहिबार विस्तारी मन्त्रिपरिषद्मा राष्ट्रिय प्र्रजातन्त्र पार्टी नेपालका  दीपक बोहोरा, नेपाल परिवार दलबाट एकनाथ ढकाल, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा र समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह मन्त्री बनेका छन् ।राप्रपा नेता बोहोराले  श्रम तथा रोजगार मन्त्रालय पाएका छन् ।

परिवार दलका नेता ढकालले कुनै मन्त्रालयको जिम्मेवारी पाएका छैनन् भने जनमुक्ति पार्टीका नेता थापाले विज्ञान तथा प्रविधि र समाजवादी जनता पार्टीका नेता सिंहले सरसफाइ तथा खोनपानी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।चारै जना मन्त्रीलाई राष्ट्रपति विद्या भण्डारीले शीतलनिवासमा  पद तथा गोपनियताको सपथ गराएकी छन् ।

 

तपाईको प्रतिक्रिया