Biratnagar jhadapपुष ९ विराटनगर । मधेसी मोर्चाले मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीले अवरोध गरेपछि मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज साँझ विराटनगरको महावीरचोकमा झडप भएको छ ।झडपको तस्विर खिच्ने क्रममा प्रहरीको लाठी प्रहारबाट कान्तिपुरका समाचारदाता अवधेशकुमार झा घाइते भएका छन् । घाइतेको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।प्रहरी उपरीक्षक प्रमोद खरेलले दोहोरो झडपको क्रममा पत्रकार झालाई चोट लागेको पुष्टि गर्दै यसविषयमा थप जानकारी लिने कार्य भइरहेको बताउनुभयो ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया