sunny-leone

पुष ९ मुम्बई । पोर्नस्टारबाट बलिउड प्रवेश गरेकी नायिका सन्नी लियोन आमा बन्ने योजनामा रहेको हल्ला बलिउड बजारमा फैलिएको थियो ।एक अन्तरवार्ताका क्रममा उनी आफैले आफ्ना पति र सासुले चाँडै आफूलाई आमा बनेको हेर्न चाहेको बताएर आमा बन्न लागेको हल्लालाई मलजल गरेकी थिइन ।तर हालै आएर उनले आफू तत्काल आमा बन्ने योजनामा नरहेको बताएकी छन् । उनले आफूलाई आमा बन्न कुनै हतार नरहेको भन्दै आफू बलिउडमा करियर बनाउने तिर केन्द्रित रहेको उल्लेख गरेकी छन् ।३४ वर्षीय सन्नीले डेनियल वेबरसँग विवाह गरेकी छन् । उनी यसवर्षमात्रै गुगलमा सबैभन्दा बढी खोजिएकी भारतीयको सूचीको एक नम्बरमा परेकी थिइन् ।उनी आफू महिला भएकोले आमा बन्नु सामान्य भएको बताउँदै निश्चित समयपछि त्यो समय आउने तर अहिले आमा बन्ने उद्देश्य नरहेको बताइन् ।

 

तपाईको प्रतिक्रिया