dead११ पुष।‘भाईको बिहे गर्न मंसिरमा आउँछु’ भनेर फोन गरेका ३२ वर्षीया जयबहादुर रोकाहाको जिउँदो शरीर अब कहिल्यै घर फर्कनेछैन । चार महिनाअघि साउदी अबरमा ग्यास पाइप सफा गर्ने क्रममा मृत्यु भएपछि उनको मृत शरीरसमेत आइपुगेको छैन ।
मृत्यु भएको चार महनिासम्म पनि शव हेर्न र मृतकको अन्त्येष्टि गर्न नपाउँदा परिवार झनै दु:खी छ । स्याङ्जाको दरौँ गाविस १ बुन्चबारीका जयवहादुर रोजगारीका लागि २ वर्षअघि  साउदी अरब पुगेका हुन् । केहीमहिना अघि आमासँग फोनमा अन्तिम कुराकानी हुँदा जयबहादुरले भाइको विवाहको मिति तय भएपछि घर आउने बताएका थिए । आमाले पनि मंसिरमा भाईको बिहे गर्ने र त्यही समयमा आउन छोरालाई भनेकी थिइन् ।
फोनमा कुराकान भएको दुई चार दिनमै उनको मृत्यु भएको खबर आयो । भदौ ३ गते ग्यास पाइप सफा गर्न गएका साथीलाई बचाउन खोज्या उनको पनि मृत्यु भएको छिमेकी रामबहादुर थापाले बताए । निम्न आर्थिक अवस्थाको उनको परिवारमा अहिले आमा, पत्नी र नाबालक छोरा छन् ।आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

 

तपाईको प्रतिक्रिया