china-foreign-ministerपुष ११ काठमाडौं– चिनियाँ विदेशमन्त्री वाङ यीले आकारका आधारमा सानोठूलो नभनी नेपाललाई समान हैसियतको व्यवहार गर्न भारतलाई आग्रह गरेका छन्।
परराष्ट्रमन्त्री कमल थापासँगको भेटवार्तापछि बेइजिङमा संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्रीले स्थिर नेपाल चीन र भारत दुवैको हितमा रहेको बताए।
विकासको मार्गमा लागिरहेको स्थिर नेपालले मात्र चीन र भारतको दुवै हित पूरा गर्नसक्ने चिनियाँ विदेशमन्त्रीले बताए।’अर्को शब्दमा म यो भन्न चाहन्छु कि चीन र भारतका लागि नेपाल एउटा पारस्पारिक लाभका लागि सहकार्य गर्ने महत्वपूर्ण स्थान हो।

‘चीन यो विश्वास गर्छ कि चीन र नेपाल आकारका हिसाबले सानाठूला होलान् तर उनीहरू समान छन्। चीनले नेपाललाई इमानदारीपूर्वक सधैं समान व्यवहार गर्दै आएको छ । हामी यो आशा गर्छौं कि भारतले पनि चीनले लिएकै नीतिजस्तै गरी नेपाललाई समान व्यवहार गरोस्’, विदेशमन्त्री वाङले भने। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

तपाईको प्रतिक्रिया