पुस ११ – बलिउड चलचित्र उद्योगमा यो वर्ष एक सय ५० भन्दा धेरै चलचित्र प्रदर्शन भए । प्रदर्शन भएका मध्ये केही चलचित्रले मात्रै दर्शकको मन मस्तिष्कमा गहिरो छाप छोडेका छन् । केही चलचित्र कलाकारको राम्रो अभिनय तथा केही चलचत्रि स्क्रिप्त र कथाको प्लटका कारण चर्चामा रहे ।
प्रदर्शनमा आएका चलचित्रमध्ये केहीले मात्रै व्यावासायीक सफलता हात पारे । यो वर्ष सलमान खान, अमिताभ बच्चन, अक्षय कुमार, वरुण धवन तथा दक्षिण भारतीय सुपरस्टार प्रभासको चलचित्रले धेरै कमाइ गरे । अभिनेत्रीमा कंगना रानवत तथा दीपिका पादुकोणले अभिनय गरेको चलचित्रले बढी कमाइ गरे ।
- वर्ष २०१५ मा बढी कमाइ गर्ने १० चलचित्रको पहिलो नम्बरमा सलमान खान अभिनित चलचित्र बजरंगी भाइजान रह्यो । कविर खानको निर्देशनमा बनेको यस चलचित्रले झण्डै तीन अर्ब १६ करोड ७८ लाख भारतीय रुपैयाँ कमाइ गर्यो । नवाजुद्दीन सिद्दीकी, करिना कपुर तथा मुन्नीको भूमिका निभाउने हर्षाली मल्होत्रा अभिनित चलचित्रले भारतमा मात्र नभएर पाकिस्तानमा पनि राम्रो व्यापार गर्यो ।
- दोस्रो नम्बरमा पनि सलमान खान अभिनित प्रेम रतन धन पायो रह्यो । निर्देशक सुरज बडात्यासँग सलमानले १६ वर्षपछि काम गरेको यस चलचित्रले झण्डै एक अर्ब ८७ करोड ४९ लाख भारु कमाइ गर्यो ।
- तेस्रो नम्बरमा अभिनेत्री कंगना रानवतको चलचित्र तनु विड्स मन्नु रिटन्र्स रह्यो । ३१ करोडको लागतमा बनेको यस चलचित्रले एक अर्ब ५१ अर्ब भारु भन्दा धेरैको कमाइ गर्यो । यो सन् २०११ मा आएको तनु विड्स मन्नुको सिक्वेल हो ।
- चौंथो नम्बरमा निर्देशक एसएस राजामौलीको चलचित्र बाहुबली रह्यो । यस चलचित्रले विश्वभर कमाइमा धेरै कीर्तिमान बनायो । चलिचित्रको हिन्दी संस्करणले एक अब १० करोड ९४ लाख भारु कमाइ गर्यो । यसले दक्षिणी भारतीय चलचित्रमा सबै भन्दा धेरै कमाइ गर्ने चलचित्रको कीर्तिमान बनायो ।
- अभिनेता वरुण धवन र अभिनेत्री श्रद्धा कपुर अभिनित चलचित्र बढी कमाइ गर्ने चलचित्रको सूचीमा पाँचौं नम्बरमा रह्यो । यो चलचित्रले एक अर्ब चार करोड भन्दा धेरै कमाइ गर्यो ।
- नवौं नम्बरमा अक्षय कुमार अभिनित चलचित्र बेबी रह्यो । यस चलचित्रले ७८ करोड ७६ लाख भन्दा धेरै कमाइ गर्यो ।
- ७८ करोड भारु नै कमाइ गरेको गब्बर इज ब्याक बढी कमाइ गर्ने चलचित्रको आठौं नम्बरमा रह्यो ।
- झण्डै ७८ करोड भारु कमाइ गरेको अक्षय कुमार र सिद्धार्थ मल्होत्रा अभिनित चलचित्र ब्रदर्श सातौं नक्बरमा रह्यो ।
- जोन अब्राहम, अनिल कपुर, नसरुद्दीन शाह, नाना पाटेकर जस्ता अभिनताले खेलेको तथा अनिस बज्मीले निर्देशन गरेको चलचित्र वेलकम व्याक छैटौं नम्बरमा रह्यो । यसले ९३ करोड ८६ लाख भारु कमाइ गर्यो । यो सन् २००७ मा आएको चलचित्र वेलकमको सिक्वेल हो ।
- दीपिका पादुकोण मुख्य भूमिकामा रहेको चलचित्र पिकु बढी कमाइ गर्ने चलचित्रको सूचीमा दशौं नम्बरमा रह्यो । अमिताभ बच्चन र इरफान खानको पनि अभिनय रहेको चलचित्रले झण्डै ७७ करोड भारु कमायो ।
- यस्तै वर्षको अन्तिम तिर प्रदर्शनमा आएका दुई चलचित्र दिलवाले र बाजिराव मस्तानीले पनि राम्रो कमाइ गरेका छन् । यी दुवै चलचित्र अहिले प्रदर्शनमा छन् । बाजिराव मस्तानीले पाँच दिनमा ६१ करोड ७० लाख तथा दिलवालेले पाँच दिनमा ८४ करोड १४ लाख भारु कमाइ गरेका छन् ।