कोइराला निवासमा ठाकुर, यादव र त्रिपाठी

mahantha-thakur

११ पुष काठमाडौँ ।मधेसी मोर्चा र नेपाली कांग्रेसबीच वार्ता सुरु भएको छ ।  शनिबार दिउँसो मोर्चाका नेताहरु वार्ताका लागि कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्ज पुगेका छन् ।सरकारले मधेसी मोर्चासँग गम्भीर रुपमा वार्ता नगरेपछि मधेसी मोर्चाका शीर्ष नेताले प्रमुख प्रतिपक्षी दल कांग्रेससँगको वार्तालाई तिब्रता दिएका छन् ।

पछिल्ला दिनमा कांग्रेस र मधेसी मोर्चाका नेता बीच दैनिक वार्ता भइरहेको छ । वार्तामा सहभागी हुन् मोर्चाका नेता महन्थ ठाकुर, उपेन्द्र यादव, हृदयस त्रिपाठी लगायतका नेता महाराजगञ्ज पुगेका छन् ।कांग्रेसको तर्फबाट भने सभापति कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, महेस आचार्य लगायत नेता सहभागी छन् ।नयापेजबाट

 

तपाईको प्रतिक्रिया